विन्ध्येश्वरी आदर्श स्कुलमा नेपाली र अङ्ग्रेजी हिज्जे

पाेखरा | साउन १९, २०८१

विन्ध्येश्वरी आदर्श स्कुलमा नेपाली र अङ्ग्रेजी हिज्जे

पोखरा:    पोखरा महानगरपालिका–१ विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्र्तगत नेपाली तथा अंग्रेजी हिज्जे र बेलुन रेस प्रतियोगिता सम्पन्न भएको छ । 


नेपाली हिज्जे कार्यक्रममा आधारभुत (सिनियर) तर्फ कञ्चनजंघा सदनबाट कक्षा ८ की छात्रा सृष्टि खड्का, कक्षा ७ का छात्रछात्राद्वय असिम अधिकारी र उपासना रेग्मी, कक्षा ६ की छात्रा सबिता सुनार प्रथम र अन्नपूर्ण सदनबाट कक्षा ८ का छात्राहरुद्वय मञ्जिसा भुजेल र एस्थर तामाङ, कक्षा ७ की छात्रा अंकिता पौडेल र कक्षा ६ का छात्र पेरिस पौडेल द्वितीय भएका छन् । 


यस्तै आधारभुत (जुनियर) तर्फको अंग्रेजी हिज्जे प्रतियोगितामा अन्नपूर्ण सदनबाट कक्षा ५ का छात्रछात्राद्वय सिद्धान्त के.सी. र केन्जल जि.सी., कक्षा ४ की छात्रा दीया क्षेत्री र कक्षा ३ की छात्रा शइशा तामाङ प्रथम र कञ्चनजंघा सदनबाट कक्षा ५ का छात्रछात्राद्वय मुस्कान भण्डारी र अदिती तिमिल्सिना, कक्षा ४ की छात्रा युनिका खनाल र कक्षा ३ का छात्र सौगात हमाल द्वितीय भएका छन् । 


यस्तै पूर्व प्रा.वि. तहमा भएको बेलुन रेस प्रतियोगितामा कक्षा नर्सरीबाट अनामिका सापकोटा प्रथम, इमान थापा क्षेत्री द्वितीय, उमङ्ग रेग्मी र प्रियांश अधिकारी तृतीय भएका छन् । 


कक्षा एल.के.जी.बाट कृष्ण मेट्या प्रथम, निरोशा पाइजा द्वितीय र सम्राट सुनार तृतीय भएका छन् । कक्षा यु.के.जी.बाट सलोम राई प्रथम, शिवांश बाबर द्वितीय र एन्जल रानामगर तृतीय भएका छन् । कक्षा एकबाट पारोमिता मण्डल प्रथम, जेम्स बर्मान द्वितीय र एडन गुरुङ तृतीय भएका छन् ।


विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुको  चौर्तफी विकास हुने बताए । 
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्